Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सिटिजन लाइफ पाँचौँ वार्षिकोत्सवः एक हप्तासम्म मनाइने

२०७९ कार्तिक १ गते

बैंकिङ खबर/ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बुधबार आफ्नो स्थापनाकालको पाचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दैछ। कम्पनीले स्थानीय स्तरमा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, गरिब, असहाय तथा वृद्ध वृद्धालाई निःशुल्क भोजन तथा कपडा, सार्वजनिक स्थानमा सरसफाई लगायतका कार्यक्रम एवम् विद्यार्थीहरुलाई पोशाक, पुस्तक, स्टेसनरीलगायतका शैक्षिक सामग्री वितरण गरी वार्षिकोत्सव मनाउँदै आएको छ।

यस वर्ष पनि असोज ३१ गतेदेखि कात्तिक ६ गतेसम्म सप्ताहव्यापी कार्यक्रममार्फत सोही प्रकारका गतिविधिहरुलाई निरन्तरता दिइने जनाएको छ। कम्पनीले यस वार्सिकोत्सवको अवसरमा विधार्थीसँग बीमा कार्यक्रम, सडक र्याली, फेसबुक लाइभमार्फत इन्स्योरेन्स हाजिर जवाफ प्रतियोगिता लगायतका विभिन्न बीमा जागरण अभियान गर्ने योजना रहेको जनाएको छ।

यसका साथै हाल नेपालका विभिन्न क्षेत्रमा डेङ्गु रोग निकै फैलिएको र रगतको कमी भएकोले रक्तदान कार्यक्रम विषेश प्राथमिक्तामा राखिने पनि कम्पनीले जनाएको छ । त्यसैगरी विभिन्न नगरपालिका, संघ संस्थासँगको सहकार्यमा वृक्षारोपण, सर–सफाइ, निःशुल्क स्वास्थ्य शिविर, कम्पनीका विभिन्न आन्तरिक कार्यक्रम लगायतका योजनाहरु रहेको कम्पनीले जनाएको छ।

कम्पनीका नियमित गरिने काम बाहेक कम्पनीको विशेष दिन सम्पुर्ण कर्मचारी, अभिकर्ता साथीहरुको साथमा आफ्नो घर–छिमेक, समाज प्रतीको उत्तरदायित्व बोध गरी केहि योगदान गर्न पाउँदा विशेष सन्तुष्टि प्राप्त हुने साथै सधैँको भन्दा भिन्न वातावरणले आपसी सहकाय र स्फूर्ति पनि बढाउने कम्पनीको विश्वास छ ।

कम्पनीको प्रगति सँगसँगै कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने र समाज प्रतिको जिम्मेवारी पुरा गर्न सधैँ तयार रहने प्रतिवद्धता कम्पनीले जाहेर गरेको छ ।