Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोवाइल एप: यस्ता छन् विशेषता

२०७९ आश्विन ३१ गते

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोवाइल एप सार्वजनिकनेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोन (आईओएस) का लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ।

कम्पनीको काठमाण्डौको कमलादीस्थित प्रधान कार्यालयमा आयोजित एक विषेश समारोहबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोबाइल एप्लिकेसनलाई डाउनलोड गरी उक्त एपलाई सार्वजनिक गर्नुभएको हो ।

परिस्कृत र नयाँ सुविधाहरुसहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ। ग्राहक र अभिकर्ता दुवैले एउटै एप्लिकेसनमार्फत लाभ लिन सक्नेछन्।

सर्वप्रथम एपलाई एप स्टोर वा प्ले स्टोरबाट डाउनलोड गरी आफ्नो रजिस्टर्ड फोन नम्बरका माध्यमबाट आफूलाई रजिस्टर गरी लगइन गर्न सकिनेछ। आफू अभिकर्ता वा बीमित छनोट गरी आफ्नो प्रोफाइल एड गर्न सकिनेछ।

एप्लिकेसनमा एकैजनाको एकभन्दा बढी बीमालेख भएमा सबैलाई लिस्ट गर्न सकिनेछ। आफ्नो बीमालेख प्रोफाइलमा एड गरेपश्चात आफ्नो बीमासँग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाउँमा सरल तथा सहज तवरले प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

यसका साथै एपमा अन्य सुविधाहरुका रुपमा प्रिमियम हिसाब, बीमा योजनाको जानकारी, शाखा तथा उपशाखाहरुको स्थान तथा सम्पर्क नम्बर तथा यस इन्स्योरेन्सले सार्वजनिक गरेको जानकारी मुलक, तथा मनोरन्जनात्मक श्रब्य दृश्य सामग्रीहरु पढ्न तथा हेर्न सकिनेछ।

हाल कम्पनीले ल्याएको एपलाई समयानुकूल स्तरवृद्धि गर्दै ग्राहकलाई जीवन बीमासम्बन्धी सम्पूर्ण सुविधाहरु चुस्त दुरुस्त तरिकाले एकद्वार नीतिको अबलम्बन गर्दै सेवा प्रवाह गर्ने प्रतिवद्धता प्रमुख कार्यकारी अधिकृत पराजुलीले गर्नुभयो ।

सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकासक्रम सँगसँगै नेपाल लाइफका विभिन्न सेवा तथा सुविधालाई ग्राहक तथा अभिकर्तासमक्ष सहज, सुरक्षित एवं प्रभावकारी रुपमा उपलब्ध गराई कम्पनीको डिजिटल रुपान्तरणको लक्ष्य हासिल गर्न यो कदम फलदायी हुने कम्पनीका प्रमुख सूचना प्रविधि अधिकृत शरदचन्द्र प्याकुरेलले बताउनुभयो ।

यस एपलाई ग्राहक तथा अभिकर्ताको आवश्यकताअनुरुप क्रमश थप परिस्कृत तथा विकसित गर्दै लैजाने विषयमा नेपाल लाइफ प्रतिबद्ध रहेको छ।