
बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले लिने अतिरिक्त सुविधाले समस्या आएको बताउनुभएको छ ।
अर्थतन्त्र संकटमा पर्दा अतिरिक्त सुविधा (प्रिमियम) लिएर समस्या परेको उहाँको भनाइ छ । एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपाल (एक्यान) ले गरेको दीगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै गोल्छाले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको अवस्थामा समेत संकटलाई बैंकले अवसरको रुपमा लिएको बताउनुभयो । मौद्रिक नीति अर्थतन्त्रलाई संकुचित बनाउने गरी आएको पनि उहाँले बताउनुभयो ।


