
बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले प्राविधिको विकासलाई हेरेर अब क्रिप्टोकरेन्सीलाई खुल्ला गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार एशोसिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा उनले आइटीको विकास तीव्र गतिमा अगाडि बढेकाले नेपालले क्रिप्टोकरेन्सीबारे सरकारले सोच्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
अध्यक्ष गोल्यानले नेपालले सबै भन्दा बढी कृषिजन्य सामग्री आयात गर्ने भएकाले कृषिमा सम्भावना धेरै रहेको बुझ्न आवश्यक रहेको बताउनुभयो । अध्यक्ष गोल्यानले कृषि र कृषि प्रशोधनमा ठूलो सम्भावना भए पनि तत्काल अपेक्षा गरेजस्तो प्रतिफल नआउने बताउनुभयो ।



