Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ प्रणालीमा एकैदिन ३८ अर्ब निक्षेप थपियो

२०७९ आश्विन २८ गते

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा एकैदिन ३८ अर्ब रुपैयाँ थपिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असोज २६ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३८ अर्ब रुपैयाँले बढेको हो। अघिल्लो दिन बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ८७ अर्ब रुपैयाँ रहेकोमा असोज २६ गते बढेर ५१ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ।

यो दिन वाणिज्य बैंकहरुको निक्षेपमात्रै ३६ अर्ब रुपैयाँ बढेको छ। गत असोज २५ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ८१ अर्ब रुपैयाँ रहेकोमा असोज २६ गतेसम्म बढेर ४५ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ।

यो एक दिनमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेर ४७ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ४७ खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो।

वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ८२ अर्ब रुपैयाँमा झरेको छ। असोज २५ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ८३ अर्ब रुपैयाँ रहेको थियो। निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो पनि घटेर असोज २६ गते ८७.०१ प्रतिशतमा झरेको छ।