Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कुमारी बैंकको सय गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना केहि दिन मात्र बाँकी

२०७९ आश्विन २७ गते

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले ल्याएको प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना केहि दिन मात्र बाँकी रहेको छ । कुमारी बैंक लिमिटेडले विश्वव्यापी रुपमा प्रचलनमा रहेको एस आई पी अवधारणामा सो योजना नेपाली आम निक्षेपकर्ता माझ ल्याएको हो । यो व्यक्तिगत पुँजी निर्माण गर्न रिकरिङ्ग निक्षेप सबै भन्दा राम्रो विकल्पको रुपमा मानिन्छ ।

नेपालीको वित्तीय क्षेत्रमा यस प्रकारको योजना ल्याउने कुमारी बैंक पहिलो बैंक रहेको छ । यस आवर्ती योजना अन्तर्गत, प्रारम्भिक बिज रकमकोे १०% प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ । यस योजनाबाट न्यून देखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ ।

यो योजना आश्विन १ देखि लागु हुनेछ । देशकै अधिकतम ब्याजदर, तथा छोटो अवधिमा निक्षेप रकम ५,१०, १५, ५०,१०० गुणा वृद्धि गर्ने मौका कुमारी बैंकको यस खाताले प्रदान गर्दै आएको छ । ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्यूनतम दस हजार देखि पच्चीस लाख सम्म प्रारम्भिक बिज रकम जम्मा गरि निम्न अनुसारको धनवृद्धि लक्ष्य प्राप्त गर्न सक्नेछन् ।