October 12th, 2022

आयातमा प्रतिबन्धः राजस्वमा गिरावट

बैंकिङ खबर/ सरकारले विदेशी विनिमय सञ्चिति बढाउन केही वस्तुको आयातमा प्रतिबन्ध लगाएसँगै अहिले भन्सार राजस्वमा गिरावट आएको छ । गत वैशाख १३ देखि सरकारले १० वस्तु आयातमा रोक लगाउँदै आएको छ । यसरी रोक लगाउँदा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु

आर्थिक वर्षको असोज २४ सम्म राजस्वमा २२ प्रतिशतले गिरावट आएको छ । भन्सार विभागको तथ्यांक अनुसार तीन महिनामा कुल लक्ष्यको ६०.७१ प्रतिशत मात्र राजस्व उठेको छ ।

राजस्व संकलन लक्ष्य १ खर्ब ४७ अर्ब २७ करोड रहेकामा असोज २४ सम्म ८९ अर्ब ४२ करोड रुपैयाँ मात्र उठेको विभागले जनाएको छ । गत वर्षको सोही अवधिमा ३ खर्ब १४ अर्ब रुपैयाँको सामान आयात भएको थियो । अहिले २ खर्ब ७३ अर्ब रुपैयाँको मात्र आयात भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]