
बैंकिङ खबर/अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अमेरिका प्रस्थान गर्नुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सम्मेलनमा भाग लिनका लागि अर्थमन्त्री र गभर्नरसहित, अर्थसचिव कृष्णहरी पुष्कर, सहसचिव इश्वरीप्रसाद अर्याल लगायत अमेरिका उड्नुभएको हो । अर्थमन्त्री शर्मा अमेरिका उडेपछि अर्थमन्त्रालयको जिम्मेवारी ऊर्जामन्त्री पम्पा भुसाललाई दिइएको छ।


