Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्रामीण विकास लघुवित्तको अध्यक्षमा शिवहरी दंगाल नियुक्त

२०७९ आश्विन २५ गते

बैंकिङ खबर/ ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा शिवहरी दंगाल नियुक्त हुनु भएको छ । संस्थाको सञ्चालक समितिको असोज २४ गते सोमबार बसेको बैठकले दंगाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नव नियुक्त अध्यक्ष दंगाललाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले असोज २५ गते मंगलबार पद तथा गोपनियताको सपथ गराउनु भयो । सो अवसरमा संस्थाका सञ्चालक मनोज कुमार खडका, भरतराज कोइराला र प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालको समेत उपस्थिति रहेको थियो ।

यसअघि दंगाल सोही संस्थामा मिति २०७८ भाद्र ५ गते देखि संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आउनु भएको थियो । सञ्चालक समितिले दंगाललाई अध्यक्ष पदमा नियुक्त गरेस“गै संस्थाले थप नयाँ उचाइ लिने विश्वास व्यक्त गरिएको छ ।