Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा कम्पनीमा मर्जरः ४ कम्पनीले कात्तिकभित्रै एकीकृत कारोबार गर्ने

२०७९ आश्विन २४ गते

बैंकिङ खबर/ हालसम्म १७ वटा बीमा कम्पनीले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त कम्पनीलाई समितिले सैद्धान्तिक सहमति समेत दिइसकेको छ ।

सैद्धान्तिक सहमति पाएका ती कम्पनीहरूले एकीकृत कारोबार गर्ने मिति समेत तोकिसकेका छन् । जसमध्ये ४ वटा कम्पनीले कातिक महिनाभित्रै एकीकृत कारोबार गर्ने भएका छन् ।

सूर्या लाइफ र ज्योति लाइफ, प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफ, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स र सानिमा र जनरल इन्स्योरेन्सले कात्तिकभित्र एकीकृत कारोबार गर्ने भएका हुन् । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले पहिलो पटक मर्जरमा जाने सम्झौता गरेका थिए ।

वैशाख २२ गते हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले एक आपसमा गाभ्ने-गाभिने सहमति गरेका थिए । यी दुई कम्पनीले एकीकृत करोबार शुरू गरिसकेका छन् । अन्य कम्पनीले पनि एकीकृत कारोबार गर्ने मिति तय गरिसकेका छन् ।