Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता

२०७९ आश्विन १३ गते


बैंकिङ खबर/ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोवार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णु प्रसाद सुबेदीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

उक्त सम्झौता अनुसार दुबै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतितपत्र, निक्षेप लगायत अन्य बैंकिङ्ग कारोवार, विज्ञापन तथा सूचना प्रकाशन सम्बन्धि बिषयमा सहकार्य हुनेछ । हस्ताक्षर समारोहमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णु प्रसाद सुबेदीले नेपालको पहिलो र गर्विलो इतिहास बोकेको बैंकसँग सहकार्य गर्न पाउदा निकैनै गर्व को अनुभूति भैरहेको धारणा व्यक्त गर्नुभयो ।

उहांँले आगामी दिनमा यो सम्बन्ध थप मजबुत हुंदै जाने बिश्वास समेत व्यक्त गर्नुभयो । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालका पुराना र जनताको विश्वासका धरोहर बनिसकेका यी दुइ संस्थाबीच भएको सम्झौता ले आफु अत्यन्त हर्षित बनेको धारणा राख्दै गोरखापत्रसंस्थान र त्यहाँं कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई सरल,सहज र प्रतिपस्पर्धि बैंकिङ्ग सेवा प्रदान गदैं यो सम्बन्धलाइ आगामी दिनमा थप प्रगाढ बनाउँदै लैजाने प्रतिबद्दता समेत उहाँले व्यक्त गर्नुभएको थियो । उक्त समारोहमा नेपाल बैंक लि. र गोरखापत्रसंस्थानका उच्च ब्यवस्थापनका पदाधिकारीहरु लगायत अन्य कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।

नेपालभर २१९ शाखाहरु, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

विगत केहि वर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल राज्यभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।