September 28th, 2022

लघुबीमा कम्पनीको लाइसेन्स माग्दै ७ कम्पनीले दिए आवेदन

बैंकिङ खबर/ लघुबीमा कम्पनीको लाइसेन्सको अनुमति माग्दै ७ कम्पनीले आवेदन दिएका छन् । बीमा समितिमा मंगलबारसम्म ७ कम्पनीको आवेदन परेको हो ।

७ मध्ये ३ वटा जीवन र ४ वटा निर्जीवन बीमा कम्पनीले आवेदन दिएको समितिले जनाएको छ । समितिले लाइसेन्सको खुलाएको ३३ दिनपछि ३ वटा जीवन र ४ वटा निर्जीवन गरी ७ वटा कम्पनीको आवेदन परेको हो । निर्जीवनतर्फ नेओ लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्स रहेका छन् ।

यस्तै, जीवनतर्फ स्वेदशी लघु जीवन बीमा, जानकी जीवन बीमा कम्पनी र गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स इन्स्योरेन्स रहेका छन् । बीमा समितिले भदौ १० गते लघुबीमा कम्पनी स्थापना गर्न आवेदन माग गरेको थियो । न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पुर्याउन भन्दै समितिले लघुबीमा कम्पनी स्थापनाको कार्य अगाडि बढाएको थियो ।

समितिले आव २०७९/८९ को बजेट वक्तव्यमा लघुबीमा कम्पनीको स्थापना सम्बन्धी भएको व्यवस्थालाई कार्यन्वयन गर्न बढीमा ७ वटा ९३ जीवन तथा ४ निर्जीवन लघुबीमाको स्थापनाको लागि आवेदन माग गरेको थियो । प्रस्तावकले पेस गरेका प्रस्तावहरूमध्ये समितिबाट तयार हुने मूल्याङ्कनका आधारहरूमा उच्चतम अङ्क प्राप्त गर्ने जम्मा ७ वटा (३ जीवन र ४ निर्जीवन बीमा_  बीमाका प्रस्तावहरूलाई छनौट गर्ने समितिले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]