Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नयाँ नोट नपाएपछिको मेरो खुसी

२०७९ आश्विन १३ गते

थानेश्वर पन्थी 

सदाका वर्ष जस्तै गत वर्ष पनि नेपाल राष्ट्र बैंकले दशैँका अवसरमा नयाँ नोट वितरण गर्ने सूचना जारी गर्‍यो । म पनि सोही सूचनासँगै खुसी भए । योवर्ष पनि फेरि नयाँ नोटसँगै दशैँ रमाइलो हुने भयो भनेर ।

मेरो स्कुल पढ्दै देखिको एकजना नजिकको साथी बैंकमा काम गर्ने गर्छ । जब दशैँमा नयाँ नोटको वितरण गर्नै समाचार आउँछ म उसैलाई सम्झन्छु ।  ऊ ठक्टाउरी पारामा मलाई जिस्काउँछ र भन्छ, साथिलाई सम्झने भनेको त तेही नयाँ नोट चाहिनेबेलामा मात्रै त हो नि, म निशब्द हुन्छु । बस सानो मुस्कानले उत्तर दिएजस्तो गर्छु । सँधै मेरो साथिले मेरो आवश्यकता अनुसार नयाँ नोट दिने गथ्र्यो ।

खैँ किन गत वर्ष मेरो आवश्यकता अनुसार नयाँ नोट दिन सकेन तर न्यूनतम नगद उपलब्ध गरायो । सोहि समयमा सोहि बैंकमा ग्राहक सेवा कक्षमा बस्ने एकजना  बहिनीले खाता खोल्न आग्रह गर्नुभयो । म पनि भर्खरै विदेशबाट फकेको हुँदा केही बचत गर्ने इच्छा पनि थियो र सोही अनुसार खाता खोले ।

आफुसँग भएको नगद त्यहि जम्मा गरे, नगद विभागमा बस्ने दिदीले मोवाइल बैंकिङ्ग बनाईदिनुभयो र डिजिटल कारोबार गर्न सिकाउनुभयो । म थोरै नया नोट पाएपनि  खुसी हुँदै घर फर्किए ।  

संयोग भनौँ वा सौभाग्य यो वर्ष पनि दशैँको अवसरमा घरमा आएको थिए । सानो कामले गर्दा सोही साथी भएको बैंक जाने अवसर मिल्यो । गत वर्ष बैंकमा जाँदा नयाँ नोट वितरणको निकै भिडभाड थियो । तर यो वर्ष खासै भिड देखिन र नगद विभागमा बस्ने दिदीलाई सोधे यो वर्ष नया नोट वितरण गर्नु भएन ।

दिदीले मुस्कुराउँदै भन्नुभयो यो वर्ष डिजिटल्ली नयाँ नोट वितरण रे । कुरा खासै क्लियर नभएपछि सोही साथिसँग सोध्न पुगे । साथीसँग अन्य सेवाग्राहीहरु, कनेट आइपियस लिङ्क गरिदिनुप¥यो ।

मोवाइल बैंकिङ्ग बनाइदिनुपर्यो । फेन पे बाट दक्षिण पठाउँँदा कति कमिसन आउँछ । यस्तै कुरा सोध्दै हुनुहुन्थ्यो । म पनि ठिक एक वर्ष अगाडी त्यो नगद विभागको दिदी, खाताखोल्न भन्ने ग्रहाक सेवा कक्षमा बस्ने बैनीले यसैगरी आफुलाई सिकाएको सम्झिए  ।

फेरि सोही साथीले तथा बैंकका कमैचारीले डिजिटल्ली पैसा पठाउन सिकाएर मैले गत वर्ष प्राप्त गरेको इसेवा र फोनपे कमिसन सम्झिएर । मुस्कुराउँदै सबैजनालाई भने तपाई हामी त प्रविधिको प्रयोग गरौँ र गर्न सक्छौँ प्रविधिको प्रयोग गरौँ । देशले नयाँ नोट निष्काशन गर्दा हुने व्यय भार कम गरौँ नयाँ नोट त ति ग्रामीण ईलाकामा जाओस् ।जहाँ चाहेर पनि प्रविधि सम्भव छैन ।सो कुरा सुनेर शाखा प्रबन्धक दाई पनि खुसी देखिनुहुन्थ्यो र भन्दै हुनुहुन्थ्यो, यो वर्षको दशैँमा डिपोजिट रिटेन हुने भयो ।

खैँ बैंकको प्राविधिक भाषा भएको हिसावले होला मैले त्यति कुरा बुझिन् । बस मुसुक्क हाँसेर बुझेजस्तो गरे । यो वर्ष कत्तिपनि नयाँ नोट नपाए पनि खुसी भए । तेही इसेवा र फोनपे को दशैँ दक्षिण कमिसन सम्झिए । नयाँ नोट नदिने बैंकका कर्मचारीलाई धन्यावाद दिँदै घर फर्किए ।

थानेश्वर पन्थी 

सैनामैना ०७ रुपन्देही