Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

बैंकिङ क्षेत्रमा रोजगारीको अवसरै अवसर

२०७९ आश्विन ९ गते

बैंकिङ खबर । अहिले विभिन्न बैंकहरुले रोजगारी खुलाएका छन् । नयाँ देखि पुराना व्यक्तिका लागि बैंकले कर्मचारी माग गरेका हुन् । कर्मचारी माग गरिएका बैंकका वेभसाइटमा गएर फारम अनलाइनबाटै भर्न सकिन्छ भने आवेदन पनि अनलाइनबाटै दिन सकिन्छ।

हेर्नुहोस् कुन–कुन बैंकमा खुलेको छ रोजगारी

राष्ट्र बैंकमा रोजगारी

नेपाल राष्ट्र बैंकले राजेगारीमा खुलेको छ । राष्ट्र बैंकले प्रशासनतर्फ ४२ र प्राविधिकतर्फ १ गरि कुल ४३ जना कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले प्रशासनतर्फ १८ जना सहायक निर्देशक (अधिकृत तृतीय) र २४ जना सहयक (सहायक द्वितीय) माग गरेको हो । त्यस्तै प्राविधिकतर्फ आइटी तथा साइबर सेक्युरिटी अन्तर्गत १ जना सहायक तृतीय (सहायक निर्देशक) माग गरेको छ ।

सहायक निर्देशक पदको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। सहायक निर्देशक पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विषयमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ।

त्यस्तै, सहायक (सहायक द्वितीय) पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा १० जोड २ वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। समावेशी समूहतर्फ फाराम भर्ने उम्मेदवारहरूले आदिवासीरजनजाति,मधेशी, दलित, अपाङ्ग र पि.क्षे.को लागि सम्बन्धित निकायले जारी गरेको प्रमाणपत्र अनिवार्य पेश गर्नु पर्ने जनाएको छ । इच्छुक तथा योग्य आवेदकले असोज ६ गतेसम्म को म्याद सकिएपनि दोब्बर दस्तुर तिरेर असोज १३ गतेसम्म वेबसाइटबाट अनलाइन आवेदन दिन सक्नेछन् ।

गरिमा विकास बैंकमा रोजगारी

गरिमा विकास बैंकमा रोजगारी खुलेको छ । बैंकले सिनियार अफिसर, अफिसर, जुनियर अफिसर, डिजिटल बैंकिङ युनिट हेड, सुपर भाइजर, सिनियर असिस्टेन, अफिस्टेन, डिजिटल बैंकिङमा रोजगारी खुलाएको हो ।

महालक्ष्मी विकास बैंकमा १३ पदका लागि रोजगारी

महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारीको माग गरेको छ । बैंकले प्रोभिन्स म्यानेजरका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, डिपोजिट रिलेशनसिप म्यानेजरका लागि केही, क्रेडिट रिलेशनसिप म्यानेजरका लागि केही,सेन्ट्रल क्रेडिट डिपार्टमेन्टका लागि केही, क्म्प्लेन्स डिपार्टमेन्टका लागि केही, चार्टर्ड एकाउन्टेन्टका लागि केही, सि अफिसरका लागि केही, इन्फरमेसन टेक्नोलोजी डिपार्टमेन्टका लागि केही, इन्फरमेसन टेक्नोलोजी डिपार्टमेन्टमा नेटवर्क एण्ड सेक्यिुरेटीका लागि केही र एक्जुकेटिभ सेक्यिुरेटिका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । बैंकले आफ्नो विभिन्न शाखा कार्यालय तथा प्रादेशिक कार्यालयका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले असोज १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

महालक्ष्मी लाइफ इन्सुरेन्स 

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट,सिनियर असिस्टेन्ट, सुपरभाइजर एकाउन्ट, फाइनान्स एजेन्सी, अन्डरराइटिङका लागि आइटी डिपार्टमेन्टमा केही, टे«नी असिस्टेन्ट,एकाउन्ट, फाइनान्स एजेन्सी, अन्डरराइटिङका लागि आइटी डिपार्टमेन्टमा केही कर्मचारीको माग गरेको हो ।

कम्पनीले उक्त पदका लागि व्यवस्थापन संकायअन्तर्गत स्नातक तह उर्तिण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले असोज ३१ गतेसम्म दरखास्त दिनुपर्ने कम्पनीले जनाएको छ ।

विन नेपाल लघुवित्तमा रोजगारी

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडमा विभिन्न पदका लागि रोजगारी खुलेको छ । लघुवित्तले अधिकृत कनिष्ठ अधिकृतमा एकजना, बरिष्ठ सहायकमा एक जना, सहायकमा दुईजना र कनिष्ठ सहायकमा ५ जना गरी कुल ९ जना कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि संस्थाले न्युनतम एसईई उर्तिण गरेकोदेखि स्नातक तहसम्म शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिहरुले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

कामना सेवा विकास बैंकमा रोजगारी

कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अपरेशन डिपार्टमेन्टमा अफिसर लेभलका लागि केही डिजिटल अपरेशनमा सिनियर असिस्टेन्ट लेभलका लागि केही, ब्रान्च म्यानेजरमा जुनियर अफिसरदेखि अफिसरसम्मका लागि केही, असिस्टेन्ट रिलेशनसिप म्यानेजरमा असिस्टेन्टदेखि सुपरभाइजरका लागि केही, कन्ट्राय्क्टल स्टाफका लागि केही कर्मचारीको माग गरेको हो । बैंकले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असोज १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

साधना लघुवित्तमा रोजगारी

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ। संस्थाले भदौ२८ गते एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो । संस्थाले वरिष्ठ अधिकृत/अधिकृत, सहायक अधिकृत (आन्तरिक लेखापरीक्षण विभाग), अधिकृत/सहायक अधिकृत (अनुगमन तथा सुपरिवेक्षण विभाग), सुपरभाईजर/वरिष्ठ सहायक, सहायक/कनिष्ठ सहायक र व्यवस्थापन प्रशिक्षार्थी/सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी माग गरेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ २८ गते) ले १५ दिन भित्र आवश्यक कागजात संकलन गरी लघुवित्तको वेबसाइट www.sadhanalaghubitta.com मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकमा खुल्यो जागिर

राष्ट्रिय वाणिज्य बैंकमा रोजगारी खुलेको छ । बैंकले ११ जना विशेषज्ञ चार्टस एकाउन्टेन्ट माग गरेको हो ।

उपकार बचत तथा ऋण सहकारी संस्थामा रोजगारी

उपकार बचत तथा ऋण सहकारी संस्थामा रोजगारी खुलेको छ । संस्थाले सहायक प्रबन्धक, सहायक, बजार प्रतिनिधिमा कर्मचारी माग गरेको हो । 

एनआईसी एशिया लघुवित्तमा रोजगारी

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । संस्थाले भाद्र २६ गते एक सुचना प्रकाशित गर्दै विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो ।

संस्थाले IT Manager (सहायक प्रबन्धक) १ जना, ISO(Information Security Officer)- (बरिष्ठ अधिकृत) १ जना, Digital Integration and Development officer(अधिकृत) १ जना, Database Administrator/MIS Developer (कनिष्ठ अधिकृत) १ जना, सहायक प्रबन्धकः मानव संसाधन विभाग १ जना, कनिष्ठ अधिकृतःमानव संसाधन विभाग १ जना र कनिष्ठ अधिकृत : Social Development, Corporate Communication and Branding एक जना गरी सात जना कर्मचारी माग गरेको छ ।

उमेर पुगेका इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन(असोज ९ गते) भित्रमा आफुले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफुलाई राम्रोसँग चिन्ने कुनै दुई व्यक्तिको नाम सम्पर्क नम्बर तथा इमेल ठेगाना लगायतका विवरणहरु उल्लेख गरिएको बायोडाटा संलग्न गरी संस्थाको वेभसाईट http:nicasialaghubitta.com/careers बाट आवेदन दिन सकिने संस्थाले जनाएको छ ।