
थानेश्वर पन्थी
वर्तमान समयमा बैंकिङ सेवा कुनै न कुनै किसिमले अनिवार्य जस्तै बनेको छ । चाहे आफुसँगै भएको बचत जम्मा गर्न होस् आफ्नो आवश्यकता परिपूर्ती गर्न ऋण निकाल्न वा बदलिँदो प्रविधिसँगै समायोजित भई प्रविधिमैत्री गरी सेवा प्राप्त गर्न बैंकले निकै ठूलो योगदान पुर्याएको छ ।
अवसर तथा चुनौती दुवै किसिमले बैंकिङ सेवा अग्र स्थानमा रहेको कारणले सेवा प्रवेश गर्ने आकाङक्षीहरु पनि बजारमा प्रशस्तै मात्रामा पाइने गर्दछन् । अझ भनौँ व्यवस्थापन संकायमा स्नातक वा स्नाकोत्तर वा सो सरह शैक्षिक उपाधि प्राप्त गर्ने अक्सर सबै ब्यक्तिको पहिलो रोजाईँ नै बैंकिङ हुने गर्दछ ।
बैंकिङ सेवा मा तुलनात्मक रुपमा अन्य क्षेत्रमा भन्दा वित्तीय तथा गैर वित्तीय सेवा सुविधा, व्यक्तित्व विकासको अवसर, प्रविधिमैत्री कार्य वातावरण, सुशासन जस्ता कुराहरुले नव प्रवेशिहरुको आर्कषणको केन्द्र बन्नु स्वाभाविक नै हो । तेसकाे अतिरिक्त कर्मचारीको रुची अनुसार कार्य विभाजन, अन्तरविभाग तथा अन्तर शाखा कार्य परीक्रमणले अवसर लिन चाहानेहरुको लागि तथा विभिन्न क्षेत्रको अनुभव हासील गर्न चहानेहरुको लागी सुनौलो अवसर नै हुने गर्दछ ।
साथै विभिन्न समयमा हुने तालिम तथा गोष्ठी, वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम अन्तर संस्था खेलकुदका कार्यक्रम, विभिन्न भेला र गोष्ठी सम्बन्धि कार्यक्रमले एक सफल ब्यक्तिले जीवनमा गर्न र सिक्न पर्ने अवसर सेवा अवधिमै प्राप्त गर्ने सौभाग्य बैंकिङ क्षेत्रले पुर्याएको छ भन्दा अन्यार्थ नलाग्ला ।
प्रविधिमा भईरहेको दिनानुदिप परीवर्तन, विभिन्न अवैध व्यक्तिहरुको निशाना, कार्य समय ब्यवस्थापनको कठिनाई जस्ता कारणहरुले गर्दा कयै बैंकरहरु आफ्नो सेवा प्रति निरुत्साहित पनि छन् बजारमा बढ्दो प्रतिस्पर्धाको सामना समान प्रकृतिको बस्तु वा सेवा विभिन्न नामले बजारमा बिक्री गर्न सक्नु त बैंकिङ क्षेत्रको विशेषता जस्तै बनको छ । आफ्नो ब्यक्तिगत शिप क्षमाताको अतिरिक्त ब्यावसायिक बिस्तार गर्न सक्नु पनि बैंकिङ क्षेत्रको उदयीमान चुनौतिजस्तै हो ।
विभिन्न ब्यक्ति वा संस्था अनुसार केही न केही कार्य प्रणलीमा अन्तर भएपनि खुसी हुन सक्नेहरुको लागि सुन्दर बगौँचा र खुसी हुनेहरुको लागि मन नपर्नै फिल्म हेरेजस्तै हो बैंकिङ करियर ।
थानेश्वर पन्थी
सैनामैना ०७ रुपन्देही




