
प्रवीण बस्नेत, प्रमुख कार्यकारी अधिकृत(सिईओ)
कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंककाे साउन महिनासम्मकाे नाफा आठ करोडको हाराहारीमा छ । यस बैंकले १३५ वटा शाखामार्फत ग्राहकलाई सेवा पुर्याउँदै आएको छ । संस्थाले ४५ अर्बको हाराहारीमा ऋण प्रवाह गरेको छ । त्यस्तै ५० अर्बको हाराहारीमा संस्थाको निक्षेप रहेको छ । साथै ५ लाख ग्राहक सदस्यहरु रहेका छन् ।
असार मसान्तसम्ममा बैंकको खराब कर्जा २.४ प्रतिशतको हाराहारीमा छ। केही फाइलहरु अन्तिम समयमा ग्राहकहरुले आर्थिक समस्याले गर्दा तिर्न नसकेको अवस्था थियो, तीमध्ये धेरैजसो अहिले रिकभर भइसकेको छ । खराब कर्जा घटाउनका लागि बैंकले ऋणीहरु जसले ऋण लिएर काम गरिरहनुभएको छ, उहाँहरुसँग निरन्तर सहकार्य गरिरहेको छ । त्यसलाई हामीले क्याटेगोरीमा छुट्याएका छौं ।
एकथरी ग्राहक जसको विभिन्न कारणले क्यास टु ह्याम्पर भएको हुनुहुन्छ भने उहाँहरुलाई बैंकले निश्चित समय दिएर त्यो समयभित्र डाउन पेड गर्नका लागि काम गरिरहेका छौं । त्यस्तै कसैको वोर्किङ क्यापिटलको कारणले गर्दा उहाँहरुले म्यानेज गर्न नसक्नुभएकोमा बैंकले थप सहयोग गरेर उहाँहरुले म्यानेज गर्न सक्नुहुन्छ कि भन्ने विषयमा पनि प्रक्रिया अघि बढाएका छौं ।
मुख्यत : ऋणीसँग भेटघाट गर्ने, उहाँहरुसँग काउन्सिलिङ गर्ने, उहाँहरुको समस्या बुझ्ने तथा उहाँहरुलाई सहयोग गर्न खोज्ने हो । कतिजना ग्राहकहरुले लामो कोभिडको समय र त्यसपछिको लिक्विडिटीको मारमा बिजनेश पर्दा त्यो बिजनेश क्यारी गर्न नसकेकोे भनेर जानकारी गराउनुभएको अवस्थामा उहाँले आफ्नो धितोमा राखेका सम्पत्ति बेचविखन गर्ने प्रक्रियामा पनि जानुभएको छ ।
कतिपय ग्राहकहरु बैंकको सम्पर्कमा नआउनुभएको अथवा कुनै पनि किसिमका योजनाहरु लिएर नआउनुभएको केशमा प्रक्रियाअनुसार लिलामी अगाडि बढाउने अथवा अन्य उपायहरु अपनाउने कुरामा हामी लागिरहेका छौं ।
अन्य विकास बैंकको तुलनामा कामना सेवा विकास बैंकको रेटिङ तल खस्किएको अवस्था छ, के कारणले उठाउन सक्नुभएन ?
बिजनेशको रेटिङमा हेर्ने हो भने लगातार चौथो नम्बरमै छौं अर्थात् चौथौ र पाँचौको बीचमा हो । बैंकको डिस्ट्रिब्यु टेबल नाफामा मात्र केही कमी आएको हो । अपरेटिङ प्रोफिटको हिसाबले हेर्ने हो भने हामीले ठूलो छलाङ मारेका छौं । किनभने केही वर्षअगाडिसम्म बैंकले जम्मा १२.१३ अर्बको लोन लिएर बसेका थियौं । बिजनेशको हिसाबले हामीले ठूलो छलाङ मारेका छौं ।
अपरेटिङ प्रोफिटको बैंकको गोलस् हेर्दा अघिल्लो बर्षको तुलनामा अर्थात् अघिल्लो वर्ष बैंकको २५ करोड रुपैंयाको विनफल गेनहरु अर्थात् त्यो वर्षमात्र हुन सक्ने आम्दानी हुँदा पनि जम्मा ५८ करोडको बैंकको प्रोफिट थियो भने त्यस्तो २५ करोडको छिटपुट आम्दानी नहुँदा पनि यो वर्षको प्रोफिट हेर्ने हो भने ६३ करोडको प्रोफिट भएको छ । त्यही कारणले गर्दा निरन्तर रुपमा अपरेशनल इनकमको लेभलमा हामी बलियो भएर गइरहेका छौं । साथै केही फाइलहरुको रिकभरीका कामहरु प्रभावकारिताका साथमा अगाडि बढाइरहेका छौं ।
हामीले छोटो समयको अन्तरालमा काठमाडौंमा राष्ट्रियस्तरको विकास बैंक भएर आउँदा लगभग ४० वटा शाखाहरु थिए र ४१ औं शाखाको रुपमा ज्ञानेश्वरस्थितको शाखामा उद्घाटन गरेका थियौं भने अहिले १३५ वटा शाखा बनाएर सातवटै प्रदेशमा पुगिसकेका छौं ।
तर अहिलेको यो आर्थिक स्थितिमा डिपोजिटको जुन अवस्था तथा लोनको ग्रोथ जुन अवस्थामा छ । यी सबै कुराहरुलाई विचार गरेर धेरै मात्रामा शाखा खोल्दा त्यसले थप आर्थिक व्यवहार बढाउने भन्ने भएको हुँदा अहिले हामी शाखा विस्तारमा लागेका छैनौं । यो वर्ष थोरै मात्र शाखाहरु अगाडि बढाउने प्रक्रियामा छौं ।




