
बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले धम्कीपूर्ण शैलीमा ब्याजदर बढाएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा सुरु भएको नाडा इभी अटो शोमा बोल्दै उहाँले बैंकहरुले धम्कीपूर्ण शैलीमा ब्याज बढाएको बताउनुभयो ।
बैंकहरुको यो निर्णयामा अर्थमन्त्रालय र राष्ट्र बैंकले इन्टरभेन्सन गर्नुपर्ने उहाँले बताउनुभयो । अहिलेको बेथिति भर्खरै समाधान हुन सम्भव नभएको बताउँदै यसलाई समय दिएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । यस्तै, उहाँले आयातमा गरिएको कडाइले अर्थतन्त्रमा ठूलो समस्या पर्ने पनि बताउनुभयो ।


