
बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा थुपारेर देशको विकास नहुने बताउनुभएको छ । काठमाडौंमा आयोजित नाडा इभी अटो शोमा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले अहिले बैंक तथा वित्तीय संस्थाहरुले महँगो ब्याज दिएर बैंकमा पैसा तानिरहेको बताउँदै यसरी देशको विकास नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो।‘जुन देशमा बैंकमा पैसा राखेर १३÷१४ प्रतिशत ब्याज लिन पाईन्छ, त्यो देशमा कसरी विकास हुन्छ ? समस्या यहिँ छ, यो विषयमा छलफलको गर्दैछौं, ब्याजको लोभमा बैंकमा पैसा थुपार्न हुँदैन ।’
विद्युतीय गाडीमा के कस्ता छुट दिने भनेर छलफल भैरहेको पनि उनले बताए । यस्तै, उहाँले अब आयातमा गरिएको कडाइको विषयमा पनि नयाँ ढंगले सोच्नुपर्ने बेला आएको बताउनुभयो ।


