
बैंकिङ खबर/अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर घटाउनुपर्ने बताउनुभएको छ । बुधबार दोस्रो लिगलिग पालुङ्टार महोत्सव उद्घाटनको क्रममा पालुङटार पुगेको शर्माले बैंकमा ब्याज पाउने उदेश्यले पैसा थुपारेर उत्पादन नहुने बताउनुभयो । बैंकले दिने गरेको ब्याज घटाउन सरकार लागि परेको उहाँको भनाइ छ ।
सरकारले लिएको राम्रो आर्थिक नीतिका कारण अहिले नेपालका आर्थिक सुचाङकहरु सकरात्मक अवस्थामा पुगेको उहाँले बताउनुभयो । उहाँले केही तरलताको अभाव अझै कायम रहेको र यसमा सरकारले काम गरिरहेको पनि बताउनुभयो ।


