Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकहरुले ब्याज बढाउनु गलतः अध्यक्ष ढकाल

२०७९ आश्विन ५ गते
फाइल तस्बिर

बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुले ब्याज बढाउनु गलत भएको बताउनुभएको छ । बुधबार नेपाल र इण्डोनेसिया एक्स्पो जानकारी कार्यक्रम पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताउनुभयो ।

वाणिज्य बैंकहरुले ब्याज बढाउँदैमा निक्षेप नबढ्ने भन्दै ढकालले कोभिड–१९ पछि तरलता अभावको कारण व्यावसायिक गतिविधि बढाउन र उद्योगको क्षमता विस्तार गर्न समेत नसकिएको बताउनुभयो । पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भएको सुधारले तरलता अभावमा देखिएको समस्या समाधान गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

पछिल्लो समय नेपालमा रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भने सुधार भएको भन्दै उनले अर्थतन्त्रमा दखिएको तरलता अभावलाई सहज बनाउन मद्दत पुग्ने उहाँले बताउनुभयो । व्यावसायिक गतिविधि बढाउनुपर्ने अवस्थामा अहिले तरलता चापले खुम्च्याउने काम गरेको पनि उहाँले बताउनुभयो ।
उहाँले पछिल्लो समय व्यावसायिक गतिविधि बढ्नुपर्ने अवस्थामा तरलता अभावका कारण व्यापारिक गतिविधिहरु खुम्चिरहेको बताउनुभयो ।