Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सुस्तायो घरजग्गा कारोबार

२०७९ आश्विन ४ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षमा घरजग्गाको कारोबार सुस्ताएको छ । भू–उपयोगको नीतिअनुसार वर्गीकरण भएका जग्गा मात्रै किनबेच र कित्ताकाट हुने नीति, बैंकिङ क्षेत्रमा तरलताको अभाव लगायतका कारण यो वर्ष जग्गाको कारोबार करिब ५३ प्रतिशतले घटेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउन र भदौमा मात्रै ६८ हजार ५५४ वटा लिखत पारित भएका छन् । अघिल्लो वर्षका साउन र भदौमा यस्तो संख्या १ लाख ४५ हजार ५६१ थियो । दुई महिनामा भएको कारोबार गत वर्षको यस्तै अवधिको तुलनामा ५२.९० प्रतिशतले कम हो ।
गत साउन महिनामा ३३ हजार ८३४ वटा मात्रै घरजग्गाको लिखत पास भएको छ । २०७८ को साउनमा ७५ हजार ४१७ कित्ता घरजग्गाको लिखत पास भएको थियो । गत भदौ महिनामा पनि घरजग्गाको कारोबार थप सुस्त बन्यो । बितेको भदौमा ३४ हजार ७२० घरसज्जगाको लिखत पारित भयो । जबकी २०७८ को भदौमा यस्तो संख्या ७० हजार ९० थियो ।

असार महिनामा घर जग्गा व्यवसायमा सुस्तता देखिएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार असार महिनामा ४७ हजार २७ वटा लिखत पास भएका छन् । २०७८ मा असारमा यस्तो संख्या ४८ हजार ७७१ थियो ।