
बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले बैंकिङ्ग प्रणालीमा देखिएको तरलता समस्या समाधानको लागि बृहत छलफल आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार निक्षेप तथा कर्जा सुरक्षणको कोषको ४९ औँ वार्षिकोत्सवमा बोल्दै उहाँले बैंकिङ्ग प्रणलीमा विगत लामो समयदेखि तरलता समस्या देखिँदै आएको बताउनुभयो । यसलाई चाँडै समाधान गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘तरलताको समस्या देखिएको छ त्यसलाई समाधान गर्न राष्ट्र बैंकको नेतृत्वमा बैंक तथा वित्तीय संस्था र अर्थामन्त्रालयले बृहत छलफल गरेर समाधान निकाल्नुपर्छ।’
यस्तै उत्पादनमुलक क्षेत्रमा अझै सस्तो ब्याजमा कर्जा लगानी गर्ने व्यवस्था मिलाउनुपर्ने उहाँले बताउनुभयो । त्यसका लागि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ध्यानाकर्षण समेत गराउनुभयो ।


