
बैंकिङ खबर/ व्यवसायी कुशुम लामालाई सुप्रबल जनसेवाश्री पुरस्कार प्रदान गरिएको छ । लामो समय वित्तीय क्षेत्रमा आवद्ध लामालाई संविधान दिवसको अवसरमा सरकारले उक्त पुरस्कार प्रदान गरेको हो ।
उहाँले महिलालाई डिजिटल क्षेत्रमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ । डिजिटल व्यवसायमा समेत उहाँ अग्रपंक्तिमा हुनुहुन्छ । डिजिटल विज्ञका रुपमा समेत अग्रसर लामालाई शिक्षा मन्त्रालयले यसअगाडि ‘आइसिटी अवार्ड’ प्रदान गरेको थियो । उहाँ प्रभू म्यानेजमेन्टको म्यानेजिङ डाइरेक्टर समेत हुनुहुन्छ ।


