Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्लोबल आइएमई लघुवित्त ताथली शाखाद्वारा आफ्ना सदस्यालाई डल बनाउने तालिम प्रदान

२०७९ आश्विन २ गते


बैंकिङ खबर/  ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको छ । संस्थाले भक्तपुरको चाँगुनारायण नगरपालिकाका स्थित शाखा कार्यालय ताथलीबाट २० जना ग्राहक सदस्यहरुलाई आधारभूत डल तथा कुशन बनाउने तालिम प्रदान गरेकोे हो ।

वित्तीय संस्थासँग आवद्ध सदस्यहरुको आम्दानीको श्रोत वृद्घि गराउने उद्देश्यका साथ संचालन भएको तालिममा अध्यक्षता सोही शाखाका शाखा प्रमुख प्रदिप लामिछानेले गर्नुभएको थियो । सो तालिममा रबिना रिजालले डल कुशन बनाउन प्रशिक्षण दिनुभएको थियो ।

सो तालिम भाद्र २९ गते सुरु भई भाद्र ३१ गते समापन भएको थियो । आर्थिक उपार्जनको विभिन्न माध्यमहरुमध्ये डल तथा कुशन बनाउने तालिम पनि एक भएको र तालिमबाट प्राप्त सीपको प्रयोग गर्न सकिएमा आर्थिक उपार्जन गर्न सकिने कुरा प्रशिक्षक रिजालले बताउनुभयो । प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण कुन्ताबेशी अनुगमन स्टेशन कार्यालयकी प्रमुख अम्बिका दंगालले वितरण गर्नुभएको थियो ।

विगत आर्थिक वर्षहरुमा जस्तै यस आर्थिक वर्षमा पनि वित्तीय संस्थाले ग्राहक संरक्षण कोष अन्तर्गत आफ्ना सदस्यहरुलाई तालिम तथा अवलोकन भ्रमण लगायत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

शाखा कार्यालयका सदस्यहरुबाट माग भई आएको अवस्थामा विभिन्न किसिमका सीपमूलक तालिमहरु लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जाने कुरा यस संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताउनुभयो ।

हाल ११९ वटा शाखा कार्यालय रहेको यस वित्तीय संस्थाले १,४८,३४९ घरधुरीलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । त्यस्तै गरी आफ्ना ग्राहक सदस्यहरुलाई ८ अर्ब ६४ करोड ४९ लाख रुपैयाँ बराबर कर्जा लगानी गरेको छ भने उनीहरुबाट ३ अर्ब १ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।