Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले इशान हस्पिटलबाट नगद रहित सेवा लिन पाउने

२०७९ भाद्र ३१ गते

बैंकिङ खबर/आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र इशान चिल्ड्रेन एन्ड ओमेन्स हस्पिटल प्रा. लि.बिच सेवा प्रदान गर्ने सहमति भएको छ । उक्त सहमतिमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र इशान हस्पिटलका हस्पिटल डाइरेक्टर राम नन्दन प्रसाद चौधरीले हस्ताक्षर गर्नुभएको हो ।

सहमतिपछि इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमा सम्म हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ । सोही अवसरमा इन्स्योरेन्सका नायवकार्यकारी अधिकृत रेग्मीले आफना ग्राहकहरुलाई आइजीआई औषधोपचार बीमालेख खरिद गरी हस्पिटलसँग नगद रहित हस्पिटलाईजेशस सेवा लिन आग्रह गर्नुभयो ।

अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आग्रह गर्नुभयो ।