Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेरुडेको फिल्ड संचालन तथा व्यवस्थापन र अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७९ भाद्र ३१ गते

बैंकिङ खबर/ नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो मधेश प्रदेश अन्तर्गत रहेका कार्यालयहरुमा कार्यरत ४० जना फिल्ड कर्मचारीलाई भदौ ३० र ३१ गते बर्दिवासमा २ दिने फिल्ड संचालन तथा व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

हाल लघुवित्त कार्यक्रम संचालन गर्ने क्रममा फिल्डमा देखिएको समस्या चुनौती, कर्जा बिश्लेषण, बचत परिचालन र कर्जाको गुणस्तर कायम गर्ने सम्बन्धमा तालिम संचालन गरिएको थियो । कार्यक्रममा बैंक तथा वित्तीय संस्थामा करीव ४० बर्ष लामो अनुभव हासिल गरेका तिर्थ रत्न कोनाजो प्रशिक्षकको रुपमा रहनु भएको थियो ।

त्यसै गरी वित्तीय संस्थाले मधेश प्रदेश अन्तर्गतका २० वटा कार्यालयहरुका प्रमुखहरुसँग शुक्रवार बर्दिवासमै व्यवसाय विस्तार, सामाजिक कार्यमा लघुवित्तको भुमिका लगायत समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उ

क्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भोज राज बस्याल र वित्त विभागका विभागीय प्रमुख दिनेश कटुवालले सहजिकरण गर्नु भएको थियो ।

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा कार्यरत नेरुडेले यस बर्ष सामाजिक कार्य तथा कर्मचारीहरुको क्षमता विकासका सम्बन्धमा विविध कार्यक्रम संचालन गर्ने योजना रहेको वित्तीय संस्थाका योजना विभाग प्रमुख कृष्ण बहादुर खड्काले जानकारी दिनुभयो ।