September 16th, 2022

नेपाल बैंकको बचत तथा मुद्दति खातामा आकर्षक व्याजदर

बैंकिङ खबर/ नेपालको पहिलो बैंक नेपाल बैंकले  नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले शुक्रबार नयाँ व्याजदर सार्वजनिक गरेको हो । सार्वजनिक नयाँ व्याजदर अनुसार बैंककले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म व्याज दिनेछ ।

यस्तै मुद्दतिमा अधिकतम १३.१३ प्रतिशतसम्म व्याज तोकेको छ । यसमा ब्यक्तिगतमा १२.१३ प्रतिशत र संस्थागतलाई १०.१३ र रेमिट्यान्सलाई १३.१३ सम्मको व्याजदर तोकेको छ ।

अधिकतम व्याजदर पाइने बचत खाताहरु

१.कर्मचारी स्यालरी सेभिङ खाता- ९.१३ प्रतिशत

२.नारी सम्मान बचत खाता –  ९.१३ प्रतिशत

३.पायनियर बचत खाता – ९.१३ प्रतिशत

४.युवा बचत खाता –  ९ .१३ प्रतिशत

५. रेमिट्यान्स बचत खाता – १०.१३ प्रतिशत

सार्वजनिक नयाँ ब्याजदर असोज १ गतेदेखि लागू हुनेछ । हाल चुक्ता पूँजी १४ अर्ब ४० करोड ५९ लाख रुपैयाँ रहेको यस बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२९ प्रतिशतले नाफा बढाउन सफल भएको थियो ।

गत आर्थिक वर्षमा बैंकले ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको हो । सो अवधिमा बैंकले एक खर्ब ९६ अर्ब ६ करोड ३९ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ७१ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

नेपाल बैंकको नेपालभर २१९ शाखाहरू, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको छ । बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ ।

विस्तृतमा हेर्नुहोस् नयाँ व्याजदर


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]