Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लक्ष्मी लघुवित्तद्वारा ४७ जना ग्राहकलाई व्यवसायिक बंगुरपालन तालिम प्रदान

२०७९ भाद्र ३१ गते

बैंकिङ खबर/ लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्लाको टिकुलिगढ र नौ नम्बर तिलोत्तमा शाखाहरुमा आवद्ध ग्राहक सदस्यहरुलाई व्यवसायिक बंगुर पालन तालिम प्रदान गरेको छ । संस्थाले भाद्र २७ देखि ३० गते सम्म उक्त तालिम सञ्चालन गरेको हो । तालिममा व्यवसाय उन्मुख ४७ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको थियो ।

तालिम कार्यक्रममा उपस्थित स्थानीय पदाधिकारीहरुले तालिमको माध्यमबाट कृषकहरुलाई आधुनिक कृषितर्फ डो¥याउन थप मद्धत पुग्ने साथै कृषकहरुको कृषि कार्य पद्धतिमा परिवर्तन हुँदै जाने बताउनु भएको थियो । तालिमको सहजीकरण तिलोत्तमा नगरपालिका अन्र्तगतका पशु प्राविधिकहरु राजु कुवर, त्रिविक्रम न्यौपाने र महेश गौतमले गर्नुभएको थियो ।

लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुबीमा, विप्रेषण, ट्याबलेट बैकिङ्ग, ई–सेवा, कनेक्ट आईपिएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधा सँगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।