Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश दिने

२०७९ भाद्र ३१ गते

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको १५.७८९५ प्रतिशतले हुन आउने १ अर्ब २९ करोड ५९ लाख ९४ हजार ७१९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यो नगद लाभांशमा ०.७८९५ प्रतिशतबराबरको रकम कर प्रयोजनका लागि हुने कम्पनीले स्पष्ट पारेको छ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि कम्पनीको २२ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुने कम्पनीले जनाएको छ।