Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पहिलो महिना नै भित्रियो ९२ अर्ब रेमिट्यान्स

२०७९ भाद्र ३० गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको पहिलो महिना नै ९२ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंककको तथ्याँक अनुसार साउन महिनामा ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो वर्षको तुलनामा २०.३ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले बढेर ४४ हजार ५४० पुगेको छ । त्यसैगरी,वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले बढेर २० हजार ३९० पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १८.४ प्रतिशतले बढेर १ खर्ब १ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५.७ प्रतिशतले घटेको थियो ।