Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बैंकास्योरेन्स व्युत्याउन राष्ट्र बैंकलाई जीवन बीमक संघको सुझाव

२०७९ भाद्र २९ गते

बैंकिङ खबर/ जीवन बीमक संघले बैंकास्योरेन्स व्युत्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर संघले बैकास्योरेन्स पुनः सञ्चालनमा ल्याउन सुझाव दिएको हो ।

संघका अध्यक्ष निर्मल काजी श्रेष्ठका अनुसार बैंकास्योरेन्स हाल रोकिएको अवस्था छ । विश्वमै बैंकास्योरेन्सको राम्रो अभ्यास भइरहेकाले यसलाई निरन्तरता दिनुपर्छ भन्ने माग राखिएको उहाँले बताउनुभयो ।

करिब ३ वर्ष अघि राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकास्योरेन्स सेवा बन्द गरेको थियो । बैंकास्योरेन्सको नाममा बैंकका कर्मचारीहरुलाई बीमा टार्गेट दिएको भएर राष्ट्र बैंकले यो व्यवस्था मौद्रिक नीति मार्फत रोकि दिएको हो । यस्तै संघले राष्ट्र बैंकलाई बीमा कम्पनीहरुको निक्षेपको व्याजदर बढाउन समेत माग गरेको छ । बीमा कम्पनीहरुको फण्डलाई संस्थागत निक्षेपको रुपमा राखिएको भन्दै संघले त्यसलाई पब्लिक फण्डको रुपमा लिइनु पर्ने संघले सुझाव दिएको छ ।