Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच सम्झौता

२०७९ भाद्र २९ गते


बैंकिङ खबर/ रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँके बीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १, २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि बाषिक रु ५,००० बीमा शूल्क बराबर हुन आउने बिमाङ्क रकम बरावरको २० बर्ष अवधिको मेरो मुटु बाल जीवन बिमा योजनाको लागि सम्झौता भएको हो ।

बीमा सम्बन्धी सम्झौता पत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलिले हस्ताक्षर गनुभएको थियो । उक्त सम्झौतामा जानकी गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष श्री छब्बन खाँ र लेखा अधिकृत मतिन अहमद अन्सारी एवं रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट नेपालगञ्ज शाखाका शाखा प्रमुख कृष्ण बहादुर हमाल र सिनियर एजेन्सी मेनेजर सुनिल घिमिरेका उपस्थिति रहेको थियो ।

आजका बालिबालिका भोलिका देशका गहना हुन् उनीहरुलाई हामीले आजैदेखि सुरक्षित गर्दै खुलेर जिउने बातावरण तयार गरयौ भने उनीहरुको भविष्य उज्वल हुनेछ साथसाथै उनीहरुले चाल्ने हरेक पाइलामा रिलायन्स लाइफले सुरक्षाको कवचको काम गर्नेछ ।

यस किसिमको सम्झौता गरी नेपाल सरकारको स्थनीय तह तथा स्थानीय सरकारले एक उदाहरणीक कार्य गरको र रिलायन्स लाइफ इन्स्योरेन्स यसमा गर्व महशुष गर्ने र आगामी दिनमा समेत नेपालको कनैपनि स्थानीय सरकारसँग हातमा हात मिलाएर जाने कुरा कम्पनीका क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलिले बताउनुभयो । उक्त बीमा सम्बन्धी सम्झौता २०७९ साल भाद्र २८ गते सम्पन्न भएको थियो ।