Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा विधेयक पठाइयो समितिमा

२०७९ भाद्र २९ गते

बैंकिङ खबर/ राष्ट्रियसभाको बैठकले ‘बिमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

बुधबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । ती विधेयकलाई विधायन समितिमा पठाउनेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो ।