Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जेन प्रडक्टले बैंकिङ प्रणालीमा रकम भित्र्याउन सहयोग पुग्नेछः सिईओ ढुंगाना

२०७९ भाद्र २९ गते

बैंकिङ खबर/नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले नबिल जेन प्रडक्टले घरघरमा रहेको रकम बैंकिङ प्रणालीमा भित्र्याउन सहयोग पुग्ने अपेक्षा राखेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा बालबालिकाको लगि एपमा आधरित ‘नबिन जेन अल्फा’ सार्वजनिक गर्दै ढुंगानाले नेपालमै पहिलोपटक बालबालिकालाई लक्षित गरेर डिजिटल खुत्रुकेको रुपमा नबिल जेन सुरु गरेको बताउनुभयो ।

१८ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर ल्याइएको यस एपमा अभिभावकले केही कार्य दिई बालबालिकाले त्यसलाई पुरा गरेको अवस्थामा त्यो पैसाको रुपमा एपमा लिंक गरिएको खातामा जम्मा हुन्छ । नबिल बैंकमा खाता भएकाहरुको लागि यस एपले काम गर्नेछ ।