September 13th, 2022

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था दोधारा चांदनीद्वारा बीमा रकम हस्तान्तरण

 

बैंकिङ खबर/ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय स्वास्थ्यचौकी (दोधारा चांदनी) ले आफ्नो संस्थामा आ.व ४ सदस्यलाई बीमा रकम हस्तान्तरण गरेको छ । दोधारा चांदनी नगरपालिका वडा नं. १० अन्तर्गत प्रतिभाटोल महिला समुहकी ग्राहक सदस्य बाल देबी खडकाको निधन प्रति शोक ब्यक्त गर्दै नगद रु. १२ लाख पचपन्न हजार पचास रुपैयाँ प्रदान गरिएको छ ।

एक कार्यक्रमका बीच दोधारा चांदनी नगरपालिका का उपप्रमूख गंगा देबी जोशी मार्फत उक्त रकम हस्तान्तरण गरिएको हो । शाखा प्रबन्धक जीत नारायण चौधरीले आफ्ना ग्राहक सदस्यलाई परियोजना अनुसार १० देखि १५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउदै आएको र बचत तर्फ अधिकतम १२.५५ प्रतिशत सम्म ब्याज दिने गरेको बताउनुभयो । यसैगरी दलित, मुक्त कमैया, बादी, हलिया, द्वन्द्व पीडित, एकल महिला, अपाङ्ग तथा जेष्ठ नागरिक सदस्यलाई कर्जाको ब्याजदरमा थप १ प्रतिशत सहुलियत रहेको बताउनुभयो ।

व्यवसायिक रुपमा काम गर्न खोज्ने ग्राहक सदस्यलाई लघुउद्यम कर्जा समेत उपलब्ध गराउदै आएको जानकारी दिनुभयो । प्रबन्धक चौधरीले साथै संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित पिछडिएका विपन्न परिवारका महिलाहरूलाई समूहमा आवद्ध गराई विना धितो र बयस्क सदस्यलाई लघुउद्यम कर्जा लगानी गर्ने, ग्राहक सदस्यहरूलाई सुत्केरी स्याहार खर्च, प्राकृतिक प्रकोप आगलागि, बाढी, पहिरो, भुकम्प, हावाहुरी प्रभावित ग्राहक सदस्यहरूलाई आर्थिक अनुदान/राहात, ग्राहक सदस्य, ग्राहक सदस्यका पति छोराछोरीलाई गम्भीर प्रकृतिका रोग लागेमा आर्थिक अनुदान-राहात, सदस्यलाई पाठेघरको शल्यक्रिया गरेको अवस्थामा आर्थिक अनुदान/राहात र ऋणी सदस्य तथा संरक्षक (पति) को मृत्यु हुँदा आर्थिक सहायता उपलब्ध गराई ऋणको अतिभारबाट मुक्त गराउँदै आएको छ । साथै संस्थाले सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता, व्यवसायिक साक्षरता र सचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै ग्राहक सदस्यहरूको आर्थिक, शैक्षिक, सामाजिक, बौद्धिक विकासमा टेवा पुर्‍याउँदैआएको जानकारी दिएका थिए ।

कार्यक्रममा दोधारा चांदनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले समुहमा अनुशासन कायम गर्नुपर्ने र कर्जा सदुपयोग गर्नेबारे प्रष्ट पार्नुभएको थियो । साथै बैंक वित्तीय संस्थाबाट आफुलाई आवश्यक पर्ने रकम मात्र कर्जा स्वरुप लिनुपर्छ, अन्य फजुल खर्च गर्नु हुदैन र उत्पादन मुलक परियोजनामा लगानी गरेर आफ्नो आय वृद्धि गरी जीवन स्तर माथि उकास्नुपर्छ भन्ने पक्षमा जोड दिनुका साथै बीमाको महत्व र यसबाट हुने फाइदा बारे जानकारी दिनुभएको थियो ।

त्यसैगरी निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले समुदायमा बित्तिय क्षेत्रमा पु¥याएको योगदान बारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड क्षेत्रिय कार्यालय अत्तरियाका क्षेत्रीय प्रबन्धक गोकर्ण प्रसाद उपाध्यायले निर्धन संस्था देशको ७७ वटै जिल्लाहरूमा शाखा सञ्जाल रहेको लघुवित्त वित्तीय संस्था हो ।

संस्थाले १८५ वटा शाखा कार्यालयहरू, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९६ वटा कार्यालय मार्फत करिव ४ लाख लघुउद्यमीहरुलाई लघुवित्त सेवा प्रदान गरिरहेकोे छ ।

स्व. डा. हरिहरदेव पन्तले नेपालमा विपन्न वर्गका महिलाहरूलाई सामाजिक चेतनाको साथै वित्तीय तथा गैर वित्तीय सेवा दिगो तरिकाले पु¥याउन पहिलो पटक विना धितो लघुवित्तको शुरूवात गरी आम गरिव व्यक्तिमा वित्तीय साक्षरता, उद्यमशील विकास ताालिम, बजार र वित्तीय पहुँच एकीकृत रूपमा पु¥याई आर्थिक र सामाजिक अवस्थामा सुधार ल्याउन निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्थापना गरेको जानकारी दिएका थिए ।

यसका साथै संस्थाबाट प्रवाह हुने सेवा सुबिधा कर्जा, बचत, बीमा, बिप्रेशण आदिको बारेमा जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख दोधारा चांदनी नगरपालिका का उपप्रमुख गंगा देबी जोशीले अप्ठारोमा परेका जनतालाई निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो सहयोग पुगेको बताउनुभयो ।

उपप्रमुख जोशीले महिला शसक्तिकरण र कर्जा सदुपयोगिता बारे प्रष्ट पार्नुभयो साथै ग्रामिण क्षेत्रका लक्षित वर्गसम्म प्रभावकारीरुपले वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गरी विपन्नलाई आत्मनिर्भर बनाई लघुउद्यमी र साना उद्यमीमा परिणत गर्न सहयोग पुरयाई रहेकोमा धन्यवाद ब्यक्त गर्र्नुभएको थियो । दोधारा चांदनी नगरपालिका वडा नं. १० का वडा सदस्यहरु धन बहादुर थापा र महाबीर रोकाय, समुह सदस्य तथा स्थानीय समाजसेवी तथा भद्रभलादमीहरुको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण लेखापाल दुखीराम बुढाथोकी, शाखाका कर्मचारी तोय नाथ पन्त तथा दिब्यश्वर अवस्थीले गर्नुभएको थियो ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सामाजिक रुपान्तरणमा तीन दशकदेखि निरन्तर अगाडि बढिरहेको छ । यस शाखाले कञ्चनपुर जिल्लकाो दोधारा चांदनी नगरपालिका को १ देखि १० वटा वडामा गरी करीब तीन हजार सदस्यलाई कर्जा बचत सेवा प्रदान गर्दै आएको छ । हाल संस्थाले देशको ७७ वटै जिल्लालाई कार्यक्षेत्र बनाई १८५ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिगरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]