Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

कोरोना बीमाको दाबी भुक्तानीका लागि एक अर्ब निकासा

२०७९ भाद्र २८ गते

बैंकिङ खबर/ सरकारले कोरोना बीमाको दाबी भुक्तानी गर्न एक अर्ब रूपैयाँ निकासा गर्ने भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार सरकारले एक अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको हो ।

कोरोना बीमालेख बिक्री गरेका निर्जीवन बीमा कम्पनीहरूले भुक्तानी रोकेको वर्षदिन नाघेको छ । कम्पनीहरूले गत साउन १४ गतेदेखि भुक्तानी प्रक्रिया रोकेका थिए । 

बीमा समितिको तथ्यांक तथ्यांकअनुसार २० वटा निर्जीवन बीमा कम्पनीमा १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमालेख खरिद गरेका छन् । बराबर बीमालेख जारी गरी कम्पनीहरूले १ अर्ब ५ करोड २७ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

१ लाख ६५ हजार ५९ जना बीमितको दाबी परेको समितिको तथ्यांक छ । सो संख्या बराबर बीमा कम्पनीमा करीब १६ अर्ब रूपैयाँको दाबी परेको छ । १५ अर्ब ४२ करोड २३ लाख रूपैयाँको दाबी परेको हो ।

कुल दाबीमध्ये हालसम्म ५१ हजार ६६९ वटा बीमा दावीवापत कम्पनीहरूले ४ अर्ब ९८ करोड १४ लाख ८८ हजार रूपैयाँ बराबरको भुक्तानी गरेका छन् । कोरोना बीमावापत अझै १० अर्ब ८४ करोड ६ लाख ८३ हजार रूपैयाँ बराबर भुक्तानी गर्न बाँकी छ । १ लाख १३ हजार ३९० वटा दाबी वापत सो रकम भुुक्तानी गर्न बाँकी रहेको हो ।