
बैंकिङ खबर/ साधना लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ। संस्थाले भदौ२८ गते एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो ।
संस्थाले वरिष्ठ अधिकृत/अधिकृत।सहायक अधिकृत (आन्तरिक लेखापरीक्षण विभाग), अधिकृत/सहायक अधिकृत (अनुगमन तथा सुपरिवेक्षण विभाग), सुपरभाईजर/वरिष्ठ सहायक, सहायक/कनिष्ठ सहायक र व्यवस्थापन प्रशिक्षार्थी/सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ २८ गते) ले १५ दिन भित्र आवश्यक कागजात संकलन गरी लघुवित्तको वेबसाइट www.sadhanalaghubitta.com मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।



