Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विश्व बैंकबाट करिब ३५ अर्ब ऋण लिँदै सरकार

२०७९ भाद्र २८ गते


बैंकिङ खबर/सरकारले विश्व बैंकबाट करिब ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर) सहुलियत ऋण लिने भएको छ । २७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व वैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब) सहुलियत पूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिनुभएको हो ।

त्यस्तै बैठकले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण प्रणालीका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।