Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सानिमा र जनरल इन्स्योरेन्सको एकैदिन विशेष साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

२०७९ भाद्र २७ गते

बैंकिङ खबर/ सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीले एकैदिन विशेष साधारणसभा डाकेका छन्। दुवै कम्पनीको सञ्चालक समितिले असोज ११ गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेका हुन्। सानिमाको सभा काठमाडौंको चन्डोलीस्थित कुण्डलिनी दरबार बैंक्वेटमा र जनरलको सभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा हुनेछ। दुवै सभा बिहान ११ बजेबाट सुरु हुनेछन्।

दुवै सभाले सानिमा र जनरल इन्स्योरेन्स आपसमा मर्ज हुनेसम्बन्धी विशेष प्रस्तावलाई पारित गर्नेछ। मर्जरपछि कम्पनीको नाम ‘सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड’ राख्ने अर्को विशेष प्रस्ताव पारित गर्नेछ।