
बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको अर्थतन्त्र रहेका चुनौती दीर्घकालीन रहेको बताउनुभएको छ । तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको दोस्रो सत्र ‘आयात निषेध कि निर्यात वृद्धि’ शीर्षकमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले नेपालको अर्थतन्त्र निर्यातको सट्टा आयातमा निर्भर रहेको र रेमिट्यान्सको ठूलो हिस्सा त्यो आयातमा लागेकाले अर्थतन्त्रमा चुनौती आएको बताउनुभयो ।
‘विगतका चुनौतीहरूभन्दा अहिलेका चुनौतीहरू गम्भीर छन् । अहिलेको चुनौती दीर्घकालीन रूपमा रहन्छ भन्ने मलाई लाग्छ । त्यसको कारण के हो भने ग्रासरुट तहमा समस्या आएको छ । एकातिर सोधनान्तर स्थितिको जुन धेरै कुरा गरिन्थ्यो, त्यसमा सुधार त भइसकेको छ तर अहिले लघुवित्त र सहकारीले गर्दाखेरि समग्र आर्थिक क्षेत्रमा तरलताको अभाव भएको छ, उहाँले भन्नुभयो, ‘हाम्रो निर्यातमूखी अर्थतन्त्र नभएर आयातमा आधारित अर्थतन्त्र मात्रै भैरहेको छ । जति पनि रेमिट्यान्स देशमा आएको छस त्यसको धेरैजस्तो भाग आयातमा खर्च भएको छ । त्यसैले अर्थतन्त्रमा चुनौती आएको छ ।’
अर्थतन्त्रमा देखिएका चुनौतीको तत्काल समाधान गर्नका लागि कसैसँग पनि ुमन्त्रु नभएको गोल्छाको भनाइ छ । उनले नेपाली वस्तुलाई कसरी गुणस्तरीय बनाएर अगाडि बढ्ने भन्नेबारे नीति बनाउनुपर्ने उहाँले बताउनु्भयो । मूल्य वृद्धि भइरहनु र माग घट्नु पनि अर्थतन्त्र समस्यामा रहेको संकेत भएको गोल्छाले बताउनुभयो ।


