Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआईसी एशिया लघुवित्तमा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन

२०७९ भाद्र २६ गते

बैंकिङ खबर/ एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । संस्थाले भाद्र २६ गते एक सुचना प्रकाशित गर्दै विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो ।

संस्थाले IT Manager (सहायक प्रबन्धक) १ जना, ISO(Information Security Officer)- (बरिष्ठ अधिकृत) १ जना, Digital Integration and Development officer(अधिकृत) १ जना,  Database Administrator/MIS Developer (कनिष्ठ अधिकृत) १ जना, सहायक प्रबन्धकः मानव संसाधन विभाग १ जना, कनिष्ठ अधिकृतःमानव संसाधन विभाग १ जना र कनिष्ठ अधिकृत : Social Development, Corporate Communication and Branding एक जना गरी सात जना कर्मचारी माग गरेको छ ।

उमेर पुगेका इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन(असोज ९ गते) भित्रमा आफुले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफुलाई राम्रोसँग चिन्ने कुनै दुई व्यक्तिको नाम सम्पर्क नम्बर तथा इमेल ठेगाना लगायतका विवरणहरु उल्लेख गरिएको बायोडाटा संलग्न गरी संस्थाको वेभसाईट http:nicasialaghubitta.com/careers बाट आवेदन दिन सकिने संस्थाले जनाएको छ ।