
बैंकिङ खबर/ राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओमा) मा शेखर बराल नियुक्त हुनुभएको छ । बीमा र बैङ्किङ्ग क्षेत्रमा २५ वर्ष भन्दा बढी अनुभव हासिल गरेका बराललाई चार वर्षका लागि नियुक्त गरिएको हो। राष्ट्रिय बीमा कम्पनीको बिहीबार बसेको संचालक समितिले बराललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।
पदपुर्ती उपसमितिले खुला प्रतिस्पर्धाबाट क्रमश सुरेन्द्र थापा, रामबहादुर खड्का र शेखर बरालको नाम सिफारिस गरेको थियो ।
बरालसँग सुर्य लाइफ, लुम्बिनी जनरल र युनाईटेड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेको अनुभव छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करियर सुरु गर्नुभएका बरालले त्रिभुवन विश्व बिद्यालयबाट एमबीए गर्नुभएको छ ।



