
बैंकिङ खबर/ नोटको समग्र फ्लो (प्रवाह) बजारमा कमी हुँदै गइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार एक वर्ष अवधिमा ११ दशमलव ६ प्रतिशतले बजारमा नोट घटेको छ।
अहिले बजारमा ५ खर्ब ५ अर्ब ९० करोड रुपैयाँबराबरका नोटहरु बजारमा रहेका छन्। तर गत वर्ष सम्ममा ५ खर्ब ७१ अर्ब ९६ करोड रुपैयाँबराबरको नोट बजारमा थिए।
आर्थिक वर्ष २०७७/०७८को तुलनामा आर्थिक वर्ष २०७८/०७९मा ६६ अर्ब ६ करोड रुपैयाँ बराबरको नोट घटेको छ। यसरी नोटको फ्लो बजारमा कमाी आउनुको कारण डिजिटल भुक्तानीलाई मानिएको छ। राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पछिल्लो समय डिजिटल भुक्तानीलाई प्राथमिकतामा राख्न थालेको बताउनुभयो ।


