Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

दाबी भुक्तानी सम्बन्धी निर्देशिका पूर्णतः पालना गर्न निर्देशन

२०७९ भाद्र २२ गते

बैंकिङ खबर/ बीमा समितिले सबै बीमा कम्पनीहरुलाई बीमालेखको जोखिमांकन तथा दाबी भुक्तानी प्रकृयामा प्रचलित कानून तथा समितिबाट जारी गरेका निर्देशनहरूको पूर्णतः पालना गर्ने निर्देशन दिएको छ ।

समितिले बीमा व्यवसायसँग सम्बद्ध विभिन्न व्यक्ति, समूह तथा संस्थाहरूमार्फत पेश भएका किर्ते जालसाजीपूर्ण कागजातका आधारमा बीमालेख जारी हुने गरेको तथा बीमा दावी भुक्तानी हुने गरेको पाइएको भन्दै निर्देशन दिएको हो ।
त्यस्ता गतिविधिहरुबाट बीमा व्यवसायमा नकारात्मक असर पर्ने र बीमित तथा लाभग्राहीहरू पीडित हुनगई बीमा क्षेत्रप्रति जनविश्वास घट्न जानुका साथै बीमाक्षेत्रको शाखमा समेत ह्रास आउन सक्ने समितिले जनाएको छ ।

बीमा क्षेत्रमा गलत क्रियाकलापहरु हुन नदिन र बीमालेखको जोखिमांकन तथा दाबी भुक्तानी प्रकृयामा प्रचलित कानून तथा समितिबाट जारी निर्देशनहरूको पूर्णतः पालना गर्ने तर्फ आवश्यक व्यवस्था मिलाउन समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

त्यस्ता विषयका सम्बन्धमा सम्पूर्ण बीमकहरूले, बीमकका कर्मचारी, अभिकर्ता, बीमित, प्रस्तावक तथा सम्बद्ध सबै व्यक्ति तथा संस्थाहरूको ध्यानाकर्षण हुने सन्देशमुलक सार्वजनिक सूचना तयार गरी कारोबार हुने स्थानमा सबैले प्रष्टरूपमा देखे गरी टाँस गर्न समितिले निर्देशन दिएको छ ।