Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

राष्ट्रियसभाबाट बीमा विधेयक स्वीकृत : व्यावहारिक बनाउने अर्थमन्त्रीको प्रतिवद्धता

२०७९ भाद्र २१ गते

बैंकिङ खबर/ राष्ट्रियसभाको मंगलबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको हो ।

राष्ट्रिय सभाले पास गरेको विधेयक पुनः प्रतिनिधिसभामा पेश हुनेछ । प्रतिनिसभाले राष्ट्रिय सभाबाट आएको विधेयकलाई पास गर्नु हुन्छ । राष्ट्रिय सभा र प्रतिनिधिसभाले विधेयक पारित गरेको पत्र सहित लालमोहरका लागि राष्ट्रपतिकोमा पठाइनेछ । राष्ट्रपतिबाट लालमोहर लागे सँगै विधेयक ऐनमा परिणत हुनेछ । राष्ट्रपतिबाट लालमोहर लागेको ऐन सरकारी राजपत्रमा प्रकाशित हुने वित्तीकै यो कार्यान्वयनमा आउनेछ ।

विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसद तुलसाकुमारी दाहाल र देवेन्द्र दाहालले प्रश्न गर्नुभएको थियो । छलफलमा उठेका प्रश्नको जावाफ दिँदै अर्थमन्त्री शर्माले संविधानको भावना बमोजिम सरकारको समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यलाई सार्वजनिक तथा निजी क्षेत्र र सहकारीताको अधिकतम परिचालन र तीव्र आर्थिक वृद्धि गर्ने लक्ष्यअनुरुप विधेयक ल्याइएको बताउनुभयो ।