Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

हिमाल आरोहणमा नेपाल लाइफको सहकार्य

२०७९ भाद्र २० गते

बैंकिङ खबर/ गोर्खाको मध्यम परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उहाँ पेशाले फोटो पत्रकारसमेत हुनुहुन्छ । उहाँले सगरमाथासहित नेपालको ८००० मीटर भन्दा माथि उचाईमा रहेका ७ ओटा हिमालहरु चढि सक्नुभएको छ ।

अब पूर्णिमा श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जादै हुनुहुन्छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्णिमा श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने निर्णय गरेको छ । यसै सन्दर्भमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र पूर्णिमा श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर गरिएको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले श्रेष्ठको सफल आरोहणको कामना गर्नुभयो ।  पूर्णिमा श्रेष्ठले आफ्नो हिमाल आरोहणमा नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीसँग सहयात्रा गर्न पाएकोमा गर्ववान्वित र हौसला मिलेको बताउनुभयो ।