Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सिभिल सहकारी प्रकरणः ६ जनालाई मुद्दा,३५ जनामाथि थप छानबिन

२०७९ भाद्र १९ गते

बैंकिङ खबर/ सम्पत्ति शुद्धीकरण विभागले सिभिल सहकारी ठगी प्रकरणमा ६ जनाविरुद्ध मुद्दा अगाडि बढाएको छ । उनीसँग जोडिएका अधिकांश परिवारका सदस्यमाथि छानबिन भइरहेको अवस्थामा ६ जनालाई भने विभागको तर्फबाट प्रमाण जुटाएर ठगी प्रकरणमा मुद्दा दायर गरिएको हो ।

सम्पत्ति शुद्धीकरण विभागका निर्देशक ऋषिराम पोखेरलले यो प्रकरणले विभागले गम्भीरताका साथ लिएको र छानबिनलाई प्राथमिकता दिएको बताएका छन् ।

गत वर्ष असोजमा प्रकाउ परेका तामाङमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो । अहिले उनीसँग जोडिएका सदस्यहरूमाथि छानबिन अघि बढाइएको छ ।

अहिले तामाङका कम्पनीहरूमा काम गरेका उच्च व्यवस्थापक र परिवारका सदस्यहरू छानबिनमा तानिएका छन् । करिब साढे ३ सय बैंक खाताहरूको विवरण हरेर त्यहाँ जोडिएका व्यक्तिहरूलाई शंकाको घेरामा राखिएको बताइएको छ ।