Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

१ अर्ब १० करोड मुद्दतीमा राख्न रोजगार बोर्डले डाक्यो बैंकहरुलाई

२०७९ भाद्र १९ गते

बैंकिङ खबर/ वैदेशिक रोजगार बोर्डले बैंकहरुमा १ अर्ब १० करोड रुपैयाँ मुद्दती निक्षेप राख्ने भएको छ। त्यसको लागि वाणिज्य बैंकहरुलाई आह्वान गर्ने निर्णय गरेको छ। प्रतिस्पर्धाबाट बैंकमा निक्षेप राख्ने बोर्डले जानकारी गराएको छ। त्यसको लागि बैंकले ब्याजदर र अन्य विवरण पेश गर्नुपर्नेछ। भदौ २६ गतेभित्र बोर्ड सचिवालयमा आवेदन दिइसक्नुपर्ने जनाइएको छ ।