Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पूर्व गभर्नर डा.नेपाल चुनाव लड्दै

२०७९ भाद्र १७ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जवी नेपाल पाल्पाबाट निर्वाचन लड्ने हुनुभएको छ । उहाँ पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस हुनुभएको हो । क्षेत्रिय निर्वाचन समितिले डा.नेपाललाई सिफारिस गरेको छ ।

सुशिल कोईराला प्रधानमन्त्री हुँदा उहाँ आर्थिक सल्लाहकार बन्नुभएको थियो । सल्लाहकार रहेकै समयमा उहाँलाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरिएको थियो ।

राष्ट्र बैंकमा गभर्नर हुँदा डा. नेपालले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गराउनुभएको थियो भने बिग मर्जरको आरम्भकर्ता पनि उहाँ नै हुनुहुन्छ ।