Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लोकप्रिय बन्दै एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत खाता

२०७९ भाद्र १७ गते

बैंकिङ खबर/ नेपालका वाणिज्य बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता सञ्चालन गरिरहेको छ ।  बैंकले सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाख रुपैयाँसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहकसामू ल्याएको छ ।

यस बचत योजना अनुसार ग्राहकहरुले प्राप्त गर्नुहुने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस÷सी आइपिएस-फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक एवम् निजले मनोनित गरिएका अन्य ३ जनाका लागि पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

अतुलनीय र असिमित सुविधा भएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत बैंकले घातक रोग उपचार बीमा वापत ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । १५ लाख रुपैयाँका दरले रकम भुक्तानी गर्दै आएको छ ।

चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोलेका नवलपरासीस्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका काठमाडौंस्थित बुढानिलकण्ठ निवासी बसन्त राज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको बैंकले जनाएको छ ।

श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरेको छ । सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध गराइने ब्यवस्था गरिएको छ ।

बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खातामा ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न अतुलनीय बीमा सुविधा प्रदान गरिएको छ ।

यस बचत योजनाको ‘डायमण्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार) साथै विभिन्न निःशुल्क सुविधाहरू प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

एनआईसी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध रू. १० लाख बराबरको घातक रोग बीमा रकम एक जना खातावालालाई भुक्तानी गरेको छ । जसअनुसार यस बैंकको काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजना अन्तर्गतको ‘डायमण्ड श्रेणी’ को खाता खोलेका भिमसेनगोला, काठमाडौं निवासी ३६ वर्षीय श्यामप्रसाद पन्तलाई घातक रोगको उपचार बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरिएको हो ।

निजलाई यस बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । खातावालालाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको छ । यस बैंकको बीमासहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७०० जनाभन्दा बढी ग्राहकले बीमा वापत रू. ४ करोड ३० लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्मरुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तररुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहेअनुरुप बैंकले हाल लिएर आएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाको गुडविल एम्बेसडर श्रेणी अन्तर्गत ५ वर्षको लागि खातावाला एवं निजले मनोनित गरेका ३ अन्य व्यक्तिहरूको प्रतिव्यक्ति रू. २१ लाखसम्मको गरी कुल रू. ८४ लाखसम्मको बीमा फाइदाको व्यवस्था गरिएको छ ।

साथै, यस निक्षेप योजना अनुसार ग्राहकहरूले प्राप्त गर्ने ३ बीमासम्बन्धी फाइदाहरू, ३ कर्जा सम्बन्धी फाइदाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, लकर सेवा, एटिएम लगायत १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलो पटक ५ वर्षको लागि पूर्ण रुपमा निःशुल्क रहने व्यवस्था बैंकले गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ।

देशकै अग्रणी एनआईसी एसिया बैंकले देशको दुरदराजमा रहेका लाखौं ग्राहकका माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको सन्दर्भमा ग्राहकहरूलाई बचत खातामा सर्वश्रेष्ठ फाइदाहरू प्रदान गरेको छ । बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खातामा सर्वाधिक उच्च ब्याजदर, ८४ लाखसम्मका तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरि कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश गरेको हो ।

हरेक महिनाजसो नयाँ नयाँ योजना ल्याउँदै आएको एनआइसी एशिया बैंकले यसपटक ग्राहकका लागि सर्वश्रेष्ठ बचत खाता सुविधा ल्याएको हो । जसअन्तर्गत एक जनाले खाता खोल्दा चार जनालाई ८४ लाखको बीमा सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।

यो सुविधा अरु कुनै पनि वाणिज्य बैंकले उपलब्ध गराउन नसकेको बैंकले दावी गरेको छ । बैंकका अनुसार यो ग्राहकका लागि स्वास्थ्य उपचारमा पाइने सबैभन्दा धेरै बीमा रकम भएको खाता पनि हो । यस योजना अन्तर्गत एक जनाले सर्वश्रेष्ठ बचत खाता खोल्दा अन्य तीन जनासमेत गरि चार व्यक्ति लाभान्वित हुनेछन् । यसमा रहेको ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा खातावालाले तोकेका अन्य तीन व्यक्तिले उपभोग गर्न सक्ने बैंकले बताएको छ । तीन जना आफ्नै परिवार वा बाहिरका जो कोही पनि हुन सक्छन् । यो सुविधा पाँच वर्षसम्म निःशुल्क उपभोग गर्न पाइन्छ ।

बैंकले सर्वश्रेष्ठ एम्बेसडर, सर्वश्रेष्ठ प्राइड र सर्वश्रेष्ठ पार्टनर गरि तीन वटा खाता खोल्न सक्ने बताएको छ। बैंकका अनुसार एम्बेसडर र प्राइड खातावालाले अन्य पाँच जनालाई बीमा फाइदा दिलाउन सक्नेछन्। एम्बेसडर खाता खोल्नेले आफूसहित ४ जनाले ८४ लाख रुपैयाँसम्म बीमा फाइदा पाउनेछन् ।

बैंकले यस खातामा दुर्घटना बीमाका लागि प्रतिव्यक्ति १० लाख रुपैयाँसमेत गरि कुल ४० लाख रुपैयाँ उपलब्ध गराउने छ । ४० लाख अन्तर्गत घातक रोग बीमाबापत पनि प्रतिव्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराएको छ ।मेडिकल बीमाको लागि बैंकले प्रतिव्यक्ति १ लाख रुपैयाँ गरि कुल ४ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

मेडिकलको ४ लाख रुपैयाँको बीमामध्ये ओपीडीको लागि ८० हजार रुपैयाँसम्म र अस्पताल भर्ना भएमा तीन लाख २० हजार रुपैयाँसम्म उपलब्ध हुनेछ। बैंकले यो बीमा फाइदाको अवधिलाई ५ वर्ष पुर्याएको छ। यसअघि बैंकले १ वर्षका लागि मात्र यो फाइदा उपलब्ध गराएको थियो। यो फाइदा उपभोग गर्न खातावालाले सिफारिस गरेका तीन सदस्यले एनआइसी एशिया बैंकमा खाता पनि खोल्नु पर्ने हुन्छ ।

प्राइड खातावालाबाहेकले पनि बीमा फाइदा पाउने अर्को खाता हो। प्राइड खाता खोल्दा खातावालासमेत गरि दुई जनाले बीमा फाइदा उपभोग गर्न पाउनेछन्। प्राइड तलब बचत खाता खोल्ने ग्राहकले ४२ लाख रुपैयाँको बीमा फाइदा प्राप्त गर्नेछन् । यस्तो बीमा पनि ५ वर्षका लागि उपलब्ध हुने बैंकले जनाएको छ। यसमा दुर्घटना बीमाको लागि २० लाख, घातक रोग बीमा २० लाख र औषधि उपचारको लागि दुई लाख रुपैयाँ बीमा रकम उपलब्ध गराइएको छ ।

आम मानिसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरि बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गर्दै बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तररुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने आफ्नो नीति रहेको बैंकले जनाएको छ ।

बैंकले पाँच वर्षसम्म प्रदान गर्न लागेको बचत खातामै ८४ लाखसम्मको बीमा फाइदा नेपालको बैंक तथा वित्तीय क्षेत्रमै सर्वश्रेष्ठ रहेको छ । जसमा उपलब्ध खातावाला र निजबाट मनोनीत ३ अन्य व्यक्तिहरूले समेत खातावालाले जस्तो बीमा फाइदा प्राप्त गर्नेछन् ।
सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र बचतको आधारमा पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।

सर्वश्रेष्ठ बचत खाताको पूर्वस्वीकृत कर्जा अन्तर्गत आफ्नो बचत खाताको ३ महिनाको औसत मौज्दातको १० गुणासम्म व्यक्तिगत कर्जाको सुविधा ०.२५ प्रतिशत कर्जा प्रशासनिक शुल्क तथा बेस रेटमा थप १ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त गर्न सकिनेछ । जसअनुसार ग्राहकको ३ महिनाको बचत खाताको औसत मौज्दात रकममा यस किसिमको कर्जा उपलब्ध हुने व्यवस्था नेपालको बैंकिङ्ग क्षेत्रमै नौलो एवं पहिलो पटक गरेको गौरवका साथ बैंकका अधिकारीहरू बताउँछन् ।

बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदाहरूलाई पाँच वर्षको अवधिसम्म उपलब्ध गराएको छ । ती सबै थप सुविधाहरू यसअघि सर्वश्रेष्ठ खाताहरू खोलिसकेका ग्राहकहरूले समेत कुनै अतिरिक्त शुल्कबिना स्वतः पाउनेछन् । यस बचत योजना अनुरुप ग्राहकले मनोनयन गरेको व्यक्तिले बीमा फाइदा उपयोग गर्नका लागि एनआईसी बैंकमा शून्य मौज्दातमै बचत खाता खोली बीमा फाइदा उपयोग गर्न सक्ने जनाएको छ । ग्राहकले मनोनयन गरेको व्यक्तिको यस बैंकमा पहिले नै बचत खाता भएको अवस्थामा उक्त बचत खातालाई स्किम ट्रान्सफर गरि बीमा फाइदा उपभोग गर्न सकिनेछ ।

उदाहरणको लागि यदि ग्राहकको खातामा पछिल्लो तीन महिनामा औसत १० लाख बचत जम्मा रहेको छ र यस अवस्थामा ग्राहकले १ करोड कर्जा लिन चाहेको खण्डमा पूर्वस्वीकृत कर्जा फाइदा अनुरुप तीन महिनाको औसत मौज्दातको १० गुणा बढी अर्थात् १ करोड कर्जा रकममा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरि सो कर्जा रकम प्राप्त गर्न सक्ने बैंकको भनाइ छ । यस अवस्थामा कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्र लाग्ने व्यवस्था छ ।

यस निक्षेप योजना अनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी फाइदाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू आफैंले वा आफूले मनोनित गरेका अन्य ३ व्यक्तिहरूका लागिसमेत पाँच वर्षको लागि पूर्णरुपमा निःशुल्क रहने बैंकले जानकारी दिएको छ ।